Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

बारा  – बारामा बस र कार ठोक्किँदा चार जनाको ज्यान गएको छ । वीरगञ्जबाट जन्ती लिएर नारायणघाटका लागि छुटेको ना ६ ख ६७५४ नम्बरको बस र बा १२ च ८२९० नम्बरको कार बिहान बाराको आधाभार जंगलमा ठोक्किएको हो ।

दुर्घटनामा कारमा रहेका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक खोटाङ मंगलटारका २३ वर्षका दीपक थापा मगर, २८ वर्षका महेन्द्र आले, सुनसरीकी २५ वर्षकी कुमारी थापा र उहाँकी ११ महिनाका छोरा जेनिसको ज्यान गएको हो ।

कारमा रहेका अरु तीन जना घाइते भएका छन् । घाइतेको हेटौंडा चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया