Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

चितवन – नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मधेसी, आदिवासी, थारुलगायतका मागलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको हुँदा फिर्ता नहुने दोहोर्याउनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहितको सहमतिमा ती समुदायको माग अनुसार संविधान संशोधन गर्न दिएको प्रतिबद्धता अनुसार नै संशोधन प्रस्ताव पेस भएको उहाँले स्पष्ट पार्नु भयो ।

संविधान संशोधन हुन नसकेमा पनि सरकारबाट पार्टी नबाहिरिने बताउँदै उहाँले अहिले सरकारले निर्वाचन गराउने कुरामा केन्द्रित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अब निर्वाचनतर्फ जानुपर्छ, जसले गर्दा संविधान कार्यान्वयन हुन्छ ।” ५ नं प्रदेशमा भइरहेको आन्दोलनप्रति इङ्गित गर्दै उहाँले सो आन्दोलनमा बाह्य चलखेल र घुसपैठ भएको हुँदा राष्ट्रवादी नेपाली सचेत हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया