Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – प्रधानमन्त्री पष्पकमल दाहालले संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुसँग थप छलफल गर्ने बताउनुभएको छ ।

सभामुख ओनसरी घर्तीसँग बालुवाटारमा शनिबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्य गर्न अहिलेपनि औपचारिक तथा अनौपचारिक रुपमा छलफल भइरहेको र शनिबारदेखि थप छलफल गर्ने बताउनुभएको हो ।

उहाँले आउँदो बिहीबार बोलाइएको संसदको अर्को बैठक सम्ममा सहमति जुट्ने विश्वास पनि ब्यक्त गर्नुभयो । भेटमा सभामुख घर्तीले संसद अवरुद्ध हुँदा चुनाव सम्बन्धि कानून, महाअभियोग प्रस्ताव लगायत महत्वपुर्ण विषय संसदमै अल्झिरहेकाले तत्काल संसद खुलाउन पहल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको थियो ।

सभामुख घर्तीले आफू आउँदो बुधबारसम्म विदेशमा रहने भएकाले त्यो समय उपयोग गरेर गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया