Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले जसरी भएपनि संशोधन विधेयक पारित हुने दाबी गर्नुभएको छ । संशोधनको विरोधमा एमाले सडकमा जति उर्फे पनि उसले विधेयकलाई छेक्ने हैसियत गुमाइसकेको टिप्पणी गर्नुभयो ।

durga-subedi

‘ढुक्क हुनुस्, संशोधन प्रस्ताव जसरी भएपनि पारित हुन्छ’– शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्र्रियालाई सम्बोधन गर्दै सुवेदीले भन्नुभयो,– ‘एमालेले सडकमा जस्तो सुकै ताण्डव देखाएपनि संशोधन रोकिँदैन ।’

संसदमा विधेयकमाथिको छलफलमै अवरोध गर्नु एमालेको अतिवादी सोंच भएको टिप्पणी गर्दै खोक्रो राष्ट्रवादको नाममा एमाले निकास विरोधी रहेको आरोप लगाउनुभयो ।

एमालेले निकास चाहेको हो भने विधेयकमाथि खुला छलफलमा आउनु पर्यो । सडकमा मात्रै उर्फेर हुँदैन’– सुवेदीले भन्नुभयो । संसदमा आफू बिना पनि बहुमत पुग्ने देखेर एमाले आत्तिएको टिप्पणी समेत गर्नुभयो ।

मुलुकमा जातिय द्वन्द्व चर्काएर संघीयता, गणतन्त्र र संविधानलाई फेल गराउन एमाले लागि परेको आरोप लगाउँदै उहाँले निकासका लागि परिमार्जनसहित संविधान संशोधन गर्दै चुनावमा जानुको विकल्प नरहेको बताउनुभयो ।

‘परिमार्जन नभए संशोधन मान्य छैन । त्यसपछि मुलुक जातिय द्वन्द्व र भयावह अवस्था तर्फ गयो भने त्यसको जिम्मा एमालेले नै लिनु पर्छ’– उहाँले भन्नुभयो ।

सीमांकन हेरफेरसहित संविधान संशोधन नै मधेशी मोर्चा र संघीय गठबन्धनको मुख्य माग रहेकोले सहमतिमा संशोधन परिमार्जन भए गठबन्धनले त्यसलाई पारित गर्न सघाउने बताउनुभयो ।

परिमार्जन सहित संशोधन पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई स्वागतयोग्य रहेको भन्दै मधेशी, आदिवासी जनजाति, खस, थारु, मुश्लिम लगायत उत्पीडित समुदायको माग सम्बोधन भए अबको केही समयभित्रै मुलुक चुनावमा होमिने उहाँले दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया