Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि सञ्चालन हुन सकेन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल सहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसद्को काम कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गर्नुभएको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान बारम्बार दोहो¥याएपछि सभामुख ओनसरी घर्तीले यही मङ्सिर ३० गतेसम्मका लागि सदनको कारबाही स्थगन भएको घोषणा गर्नुभयो ।

सभामुखले आगामी २०७४ माघ ७ गतेसम्ममा तीन तहको निर्वाचन गरिसक्नुपर्ने र विभिन्न ऐन कानुन बनाउनुपर्ने भएकाले सदनको कारबाहीमा अवरोध सिर्जना नगर्न अनुरोध गर्नुभयो ।

तर विपक्षी सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गर्दै आफ्नो आशनबाट उठेर विरोध गरेपछि सभामुखले मङ्सिर ३० गते बिहान ११ बजे अर्को बैठक बस्ने घोषणा गर्नुभयो ।

तपाईको प्रतिक्रिया