Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले पुस ११ गतेदेखि भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । २० सदस्यीय टोलीमा ३ जना गोलकिपर, ६ जना डिफेन्डर, ४ जना स्ट्रायकर र ७ जना मिडफिल्डर छन् ।

कुमार थापा प्रशिक्षक र अस्मिता खवास सहायक प्रशिक्षक रहेको नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा छन् । टोलीमा रहेका खेलाडीमा नमिता कुमारी दली, गिता राना, पुनम जर्घा गमर, हिराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी साबित्रा राजभण्डारी, कृष्णा खत्री छन् ।

यस्तै गरी अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कबिता धिमाल, सरु लिम्बु र निर्मला बिक टोलीमा छन् । सुरुमा ३० जना छनौट गरेर अन्तिम २० जनाको नाम शुक्रबार सार्वजनिक भएको हो ।

श्रीलंका, माल्दिभ्स र भुटानसँगै समूहमा एमा रहेको नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्ने छ । भारत, अफगानिस्तान र बंगलादेश समूह बीमा छन् ।

तपाईको प्रतिक्रिया