Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – शुक्रबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । यस वर्षको दिवसमा विकास , शान्ति र सुरक्षाका लागि भ्रष्टाचार विरुद्ध एक हौँ भन्ने नारा तय गरिएको छ ।

सन् २००३ मा संयुक्त राष्ट्र संघले डिसेम्बर ९ तारिखलाई अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो । विश्वलाई भ्रष्टाचार मुक्त गर्न गराउन दिवस मनाउन थालिएको हो । भ्रष्टाचारको जालो तोड्नु नै यो दिवसको मुख्य उदेश्य हो तर दिवस मनाइरहे पनि भ्रष्टाचार उन्मुलन भने हुन सकेको छैन ।

राष्ट्र संघका महासचिव वान की मुनले भ्रष्टाचारको अन्त्य गरी शान्ति र समृद्धि प्राप्त गर्न सबै जना प्रतिबद्ध हुनु पर्ने बताउनुभएको छ ।  भ्रष्टाचार उन्मुलनको काममा नेपालमा सुधार हुँदै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । तर भ्रष्टाचार रोक्ने प्रयास भने अझै प्रभावकारी हुन नसकेको विज्ञले बताएका छन् ।

तपाईको प्रतिक्रिया