Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

उदयपुर –  हलेसी महादेवको दर्शन गरेर फर्केका तिर्थयात्री बोकेको यात्रुबाहक बस उपयपुरको लेखानी–६ भदौरेमा दुर्घटना हुँदा ३ जानको ज्यान गएको छ । १० जना गम्भीर घाइते भएका छन् ।

bus-accident

धार्मिक स्थल खोटाङ हलेसी पुगेर सप्तरी फर्केको ना ४ ख ३६२० नम्वरको बस शुक्रबार बिहान दुर्घटना सिद्धीचरण राजमार्ग अन्तर्गतको भदौरमा दुर्घटना भएको स्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरन्जिवी कोइरालाले जानकारी दिनुभयो ।

ज्यान जानेमा सप्तरी मघुपट्टी–६ का ३३ वर्षे कुसुमदेवी राम, वर्षे ६० सरस्वतीदेवी राम छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ ।  बसमा भएका याुत्रका बारे डिएसपी कोइरालाले भन्नुभयो ‘४२ जना याुत्र रहेको जानकारी हामीलाई आएको छ ।’ बस सडकबाट २५ मिटर तल खेसको उहाँले बताउनुभयो ।

अहिले उदयपुरको कटारीबाट एम्बुलेन्ससहित प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली घटना स्थलमा पुगेको छ । यात्रुबाहक बसको ब्रेकको नट खुस्कीएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया