Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

पाल्पा – संविधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्रयाउन लागेको भन्दै गरिएको पाल्पा बन्दको शुक्रबार १० दिन पुगेको छ । baanda-palpa-1

बन्दले यातायात, बजार, शैक्षिक संस्था लगायत कार्यालयहरु ठप्प बनेपछि पाल्पाको जनजीवन कष्टकर बनेको छ । बन्द अझै पनि खुल्ने संकेत नभएपछि जनजीवन थप कष्टकर बन्दै गएको छ । दैनिक रुपमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बन्दकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिदै आएका छन् भने सरकारी कार्यालयमा कुनै काम हुन दिएका छैनन् ।

प्रमुख प्रतिपक्ष दल एमाले, सत्तासिन नेपाली काँग्रेस, जनमोर्चा, राप्रपा, उद्योग बाणिज्य संघ लगायतका संस्थाहरु एकजुट भएर अनिश्चितकालीन पाल्पा बन्दको आयोजना गरेका हुन् ।

तपाईको प्रतिक्रिया