Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – निर्वाचन आयोगका आयुक्त इला शर्मा अन्तर्राष्ट्रिय निर्वाचक (इलेक्ट्रोल) सम्मानबाट सम्मानित हुनुभएको छ ।

लैङ्गिक समानता विधामा प्रदान गरिएको सो सम्मान यही मङ्सिर २१ गते मोजाम्बिकको राजधानी म्यापुटामा प्रदान गरिएको थियो । निर्वाचनका माध्यमबाट पुरुष र महिलाको समानताका पक्षमा महत्वपूर्ण काम गरेको भन्दै उहाँलाई सो सम्मान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मोजाम्बिकको संसद्को अन्तर्राष्ट्रिय केन्द्र र मोजाम्बिक निर्वाचन आयोगले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा नाइजेरिया र पेरुका निर्वाचन आयोगलाईसमेत सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय एवार्डमा निर्वाचनमा हुने द्वन्द्वको व्यवस्थापन, लैङ्गिक समानता, अल्पसङ्ख्यकको प्रतिनिधित्व, निर्वाचन व्यवस्थापन, नागरिक सहभागिता लगायतका विधा समावेश थिए । यस्तै उत्कृष्ट निर्वाचन आयुक्त, उत्कृष्ट निर्वाचन अधिकृत वर्ष व्यक्तित्वजस्ता पुरस्कारसमेत सोही अवसरमा प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया