Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – पूर्वगृहमन्त्री माधव घिमिरेले ट्रकलाई ओभरटेक गर्न खोज्दा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको छानविन समितीको प्रतिवेदनले देखाएको छ । जीप दुर्घटनाबारे पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले यस्तो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको हो ।

madab

छानविन समितिले बुझाएको प्रतिवेदनमा उक्त दुर्घटना आपराधिक उद्देश्यले नभएको र दुर्घटना भएका बेला गाडी पूर्वमन्त्री घिमिरे आफैँले नै चलाएको उल्लेख गरिएको छ ।
गत असोज ९ गते पोखराबाट काठमाडौं र्फकने क्रममा पूर्वगृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिकै घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो ।

त्रिशुलीमा डुबेर वेपत्ता हुनुभएका घिमिरेको शव अहिलेसम्म फेला पर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया