Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउन पाउने सम्भावना छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले नयाँ प्रस्ताव अनुसार विश्वकप फुटबलमा तीन देश रहेने १६ टिम रहने गरी ४८ देशले सहभागिता जनाउन पाउने छ ।

gianni-infantino

अहिले विश्वकपमा ३२ देशले सहभागिता जनाउने गरेका छन् । ३२ देशलाई ८ समूहमा विजान गर्ने गरिएको छ । गएको फेब्रुअरीमा फिफाको अध्यक्ष बनेका इन्फान्टिनोले त्यसबेला विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्याउने बताउनुभएको थियो ।

तर अहिले भने तीन देशको एक समूह रहने गरी १६ समूहमा प्रतिस्पर्धा गराउने गरी विश्वकपमा सहभागी देशको संख्या ४८ र्पुयाउने योजना ल्याएका छन् । यो योजना बारे आउँदो जनवरी ९ मा बस्ने फिफा काउन्सिलको बैठकमा छलफल हुनेछ ।

इन्फान्टिनाको योजना अनुसार १६ समूहबाट शीर्ष दुईको दरले ३२ टिम अघिल्लो चरणमा पुग्ने छन् । यो योजना पारित भएमा सन् २०२६ को विश्वकपमा ४८ देशले सहभागिता जनाउने छन् । फुटबलको सबै भन्दा ठूलो प्रतियोगितामा बढी देशले सहभागिता जनाउन पाउन् भन्ने उद्देश्यले नयाँ योजना प्रस्ताव गरेको इन्फान्टिनोले बताए ।

इन्फान्टिनोले ४८ देश सहभागी हुने अर्को प्रस्तावमा ३२ देशबिच सुरुमै नकआउट खेल खेलाउने र त्यसबाट जितेका १६ देश अघि नै छनौट भएका १६ टिमसँगै अन्तिम ३२ मा पुग्ने, त्यसपछि अहिलेको जस्तै ८ समूह बनाएर खेलाउने उल्लेख छ । यस्तै अहिलेको जस्तै ३२ टिमको व्यवस्थालाई नै निरन्तरता दिने पनि प्रस्ताव छ ।

यस्तै ४० टिम रहने विकल्प पनि इन्फान्टिनाको प्रस्तावमा छ । जसमा चार देशका दरले १० समूह वा पाँच देशका दरले ८ समूह गराउन सकिने छ । यसअघि सन् १९९८ मा विश्वकपमा सहभागी हुने देशको संख्या २४ बाट बढाएर ३२ र्पुयाइएको थियो ।

तपाईको प्रतिक्रिया