Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

मोरङ – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताउनुभएको हो । सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको उहाँले टिप्पणी गर्नुभयो ।

संसद्मा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुने उहाँको भनाइ थियो । उहाँले स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया