Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सबै एकजुट भएमा मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ ।

घुमफिर वर्ष २०७३ को सन्दर्भमा पश्चिमाञ्चल उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको ‘पश्चिमाञ्चल क्षेत्रमा पर्यटन विकासका संभावना’ विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू मन्त्री पदमा बहाल रहेसम्म पर्यटन प्रवद्र्धनमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री शाहीले एक घण्टाको कामलाई १० घण्टा लगाइदिने कर्मचारीको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकार र निजी क्षेत्रबीच विश्वासको सङ्कट अभैm कायम नै रहेको उल्लेख गर्दै अस्थिर सरकारका कारण नै निजी क्षेत्रको सोच अघि बढ्न नसकेको विचार व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले घुमफिर वर्ष २०७३ ले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया