Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

इन्डोनेशिया – इन्डोनेशियामा गएको ६ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ । ज्यान गुमानेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

इन्डोनेशियाको आचे प्रान्तको समुद्र केन्द्रविन्दु भएर ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सुमात्रा टापुको सिग्ली शहरबाट १९ किलोमिटर दक्षिण पूर्व पर्छ । भूकम्पका कारण आचेका धेरै भवन भत्किएका छन् ।

भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमान छ । सुनामीको खतरा भने नरहेको इन्डोनेशियाको मौसम विभागले जनाएको छ । आचेमा सन् २००४ मा समुद्रमुनि गएको भूकम्पका कारण आएको सुनामीका कारण एक लाख २० हजार जनाको ज्यान गएको थियो । उद्धार तथा राहतको काम भइरहेको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया