Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं  – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बुधबारको संसद बैठक पनि स्थगित भएको छ । यो लगातार संसद बैठक स्थगित भएको चौथो पटक हो ।

बैठक सुरु हुने वित्तिकै विपक्षकिा तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो भनाई राख्नु भएको थियो । उहाँले बोलेपछि विपक्षी दलका सबै सांसदले उठेर  अवरोध गरेका कारण संसद बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ ।

सरकारले हालै संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन भन्दै एमालेसहितका विपक्षी दलले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

संसदमा संविधान संशोधन सम्बन्धी छलफलको कार्यसूचि नभई अख्तियारका प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्तावमा छलफल गर्ने कार्यसूचि हुँदा पनि एमालेसहितका विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएको छ । जसका कारण कार्कीमाथिको महाअभियोग प्रस्ताव अघि बढ्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया