Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजस्व सङ्कलनको लक्ष्य भेट्टाउनका लागि सक्रियतापूर्वक आ–आफ्ना जिम्मेवारी पूरा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्ष २०७३/७४ को प्रथम चौमासिक राजस्व समीक्षासम्बन्धी आजको बैठकमा अर्थमन्त्रीले सुरुका महिनामा राजस्व सङ्कलनको लक्ष्य पूरा भए पनि पछिल्लो महिनामा केही शिथिलता देखिएको हुँदा यसमा सक्रियता बढाउन निर्देशन दिनुभएको हो ।

अर्थ मन्त्रालयले चालु आवमा रु पाँच खर्ब ६५ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । सोही अनुसार पहिलो चार महिनाको लक्ष्यको तुलनामा २९ दशमलव ६९ प्रतिशतले असुली बढी भएपनि कात्तिक महिनाको असुलीमा कमि देखिएको छ । कात्तिकमा रु ४१ करोड ८२ लाख राजस्व सङ्कलन हुनुपर्नेमा रु ४० करोड २९ लाख मात्र सङ्कलन भएको छ ।

बैठकमा मन्त्री महराले भन्नुभयो, “राजस्व अनुसन्धानमा मुद्दा बढ्नुको अर्थ समस्या खडा गर्ने शक्तिशाली बन्दै गए, राज्य कमजोर हुँदै गयो भन्ने हो, यसतर्फ विशेष ध्यान दिनुपर्यो ।” समस्यालाई पन्छाउनेभन्दा पनि समाधान गर्ने बाटोमा लाग्नुपर्यो– उहाँले भन्नुभयो ।

अर्थमन्त्री महाराले राजस्वको दायरा बढाउनका लागि मन्त्रालयबाट कस्तो सहयोग आवश्यक पर्छ, त्यसको विषयमा सक्दो सहयोग गरेर अगाडि बढ्ने विश्वाससमेत दिलाउनुभयो । बैठकमा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुण्यप्रसाद रेग्मीले पुँजीगत खर्च बढ्न नसकेकामा चिन्ता व्यक्त गर्दै त्यसका लागि मन्त्रालयले अभियानका रुपमा कार्यक्रम ल्याउनुपर्ने सल्लाह दिनुभयो ।

अर्थसचिव डा शान्तराज सुवेदीले मूल्य अभिवृद्धि करको दरका कारण अपेक्षित दरमा कर सङ्कलन हुन नसकेको बताउँदै आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागलाई सक्रियता देखाउन निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया