Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरू एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जान सक्ने चेतावनी दिनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान जारी भएको करिब १५ महिना भए पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल जिम्मेवार भई समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

यथास्थितिमा विधेयक स्विकार्न नसकिने बताउँदै उहाँले भन्नुभयो–“विधेयकमा समावेश गरिएका अधिकांश विषयवस्तु तथा दफा राष्ट्रको हितमा छैनन् । ” उहाँले विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट तथा प्रमुख प्रतिपक्षसहित केही दलका साथै प्रदेश नं ५ का जनता आन्दोलनमा रहेकाले सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष थापाले निर्धारित समयभित्र तीन चरणको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको तर मधेसी मोर्चाको सहभागिताबिना चुनाव गर्न कठिन रहेको स्पष्ट गर्नुभयो ।

तपाईको प्रतिक्रिया