Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएको छ । चर्चित राजनीतिज्ञ एवं तमिलनाडुकी मूख्यमन्त्री ललिताको उपचारका क्रममा ६८ वर्षको उमेरमा निधन भएको छ ।_92845463_804d1a40-d830-4e8c-b621-fdadbd3227b6

हृदयघात भएपछि चेन्नाईस्थित अस्पतालमा उपचार गरिरहनुभएकी ललिताको मृत्यु सोमबार मध्यरातमा घोषणा गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । मोदीले जय ललिताले महिला, गरिव र उत्पीडनमा परेका समुदायका लागि देखाएको चासोका कारण उनी सधैँ प्रेरणाको श्रोत हुने बताउनुभएको छ ।

उहाँको निधनपछि शान्ति सुरक्षा कायम राख्न तमिलनाडुमा थप प्रहरीहरू परिचालन गरिएको छ । सन् २०१४ मा जय ललितालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो तर पछिसफाइ पाएपछि उहाँ मुख्यमन्त्रीकै रुपमा फर्किनुभएको थियो ।

उहाँको निधनप्रति राज्यमा सात दिनसम्म शोक घोषणा गरिएको छ भने सरकारी भवनहरुका झण्डा आधा झुकाइएको छ । यसैबीच तमीलनाडुको मूख्यमन्त्रीमा ओ पनिरसेल्वमलाई मूख्यमन्त्री चयन गरिएको छ ।

जयललिताको सहयोगीका रुपमा क्रियाशील पनिरसेल्वमले पद तथा गोपनियताको शपथ लिइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया