Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेकाले त्यसलाई स्थगित गर्न माग गरेको छ ।

धुम्रबाराहीस्थित कार्यालयमा आज सम्पन्न भएको उक्त बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको, प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले सरकारले सम्बद्ध पक्षसँग नयाँ समझदारी कायम गर्नुपर्ने माग गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले सो विधेयक तयार गर्दा निर्णय प्रक्रियामा पार्टीलाई सहभागी नगरिएकामा खेद प्रकट गर्दै संसद्मा प्रतिनिधित्व गर्ने सबै दल तथा सरोकार पक्षका बीचमा सहमतिको वातावरण कायम गरेरमात्र संविधान संशोधनको विधेयकलाई अघि बढाउन सरकारलाई सुझाएको छ ।

तपाईको प्रतिक्रिया