Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – स्थानीय तह पुनःसंरचना गर्न गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले यही मङ्सिर मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।

तराईका सात जिल्लाबाहेक सबै जिल्लाबाट पुनःसंरचना सिफारिस आइसकेकाले मङ्सिरभित्र प्रतिवेदन बुझाइने तयारी भएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी गराउनुभयो । तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीबाहेक सबै जिल्लाको प्रतिवेदन आयोगमा आइसकेको छ ।

आयोगले ६८ जिल्लाका प्राप्त प्रतिवेदनलाई अन्तिम तयार पार्ने काम गरिरहेको आयोगका सदस्य सुनिलरञ्जन सिंहले जानकारी गराउनुभयो । “हामी सरकारलाई प्रतिवेदन बुझाउनका लागि आन्तरिक तयारीमा छौँ”, उहाँले भन्नुभयो, “सात जिल्लालाई केही दिनभित्र ठोस निर्णय गरी सरकारलाई प्रतिवेदन बुझाउँछौँ ।”

यसअघि आयोगले मङ्सिरको दोस्रो हप्ता प्रतिवेदन बुझाउने भनेको थियो । विसं २०७२ चैतमा स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले पहिलो चरणमा चैत ४ गतेदेखि काम थालेको हो ।

तपाईको प्रतिक्रिया