Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – सगरमाथा क्षेत्रमा झन्डै एक महिनादेखि बेपत्ता भएका फ्रान्सेली नासिन नेडोर अझै फेला परेका छैनन् । सगरमाथा आधार शिविरबाट पदयात्रा गरी फर्कने क्रममा ३८ वर्षीय नेडोर पाङ्बुचे र दिबुचे गाउँको इम्जा खोला पुल नजिकै गत कात्तिक २२ गतेदेखि हराएका हुन् ।

उनी हराएलगत्तै हेलिकप्टरबाट खोजी गरिएको थियो । त्यसको साता दिनपछि नेपाल क्यानोनिङ एसोसिएसनका सदस्य डवीन्द्र लामा, भक्त विक र किशोर शाही तथा नेपाल माउन्टेनरिङ इन्स्ट्रक्सन एसोसिएसनका सात जनाको टोलीले सो पदमार्ग र खोला आसपास तथा इम्जा खोलादेखि फुङ्गी ठाङ पुलसम्म उनको खोजी गरेका थिए ।

क्यानोनिङ एसोसिएसनका सदस्य लामाका अनुसार सोलुखुम्बुको खुम्जुङबाट हराएका नेडोर अझै पत्ता नलागेकाले उनका आफन्तले खोजबिन गरिदिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । नेडोर भर्जिन नेपाल इन्टरनेसनल ट्रेक एन्ड एक्सपिडिसन प्रालिमार्फत दुई साताका लागि पदयात्रा गएका थिए । उनी पहिलो पटक नेपाल आएका हुन् ।

तपाईको प्रतिक्रिया