Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

BK-Butwal-julus

बुटवल – विगत ६ दिनदेखि संविधान संशोधन प्रस्तावमा गरिएको सीमांकन हेरफेरको विरोध गर्दै आएका बुटवलवासी राजनीतिक दल तथा स्थानीयहरुले आज पनि आन्दोलन र प्रदर्शन गरेका छन् । आज बिहानैदेखि उनीहरुले बुटवलका चोक–चोकमा जम्मा भएर प्रदर्शन जारी राखेका छन् ।
संविधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई तराईसँग अलग गराएर चार नम्बरमा समावेश गरिएको भन्दै आन्दोलन सुरु भएको हो । बिहान राजमार्ग चौराहाबाट सुरू भएको जुलुस मिलनचोक, बसपार्क, हस्पिटललाई हुँदै पुष्पलाल पार्कपछि ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ ।
संविधान संशोधनको प्रस्ताव आफूहरुलाई अस्वीकार्य भएको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आइतबार विज्ञप्ति जारी गरेपछि आन्दोलनमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले, अखण्ड नेपाल पार्टी लगायतका नेता कार्यकताहरु सहभागी छन् ।

तपाईको प्रतिक्रिया