Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – अनशनरत डा. गोविन्द केसीले आज अनशन तोड्ने हुनुभएको छ । सरकार र डा केसीबीच १२ बुँदे सहमति भएसँगै २२ दिनदेखि जारी लामो अनशन तोड्न लाग्नुभएको हो । dr-govinda-kc

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग राख्दै डा. केसीले अनशन सुरु गर्नुभएको थियो । उहाँका माग समेट्ने गरी शनिबार साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको हो । केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिइसक्नुभएको छ भने जेपी अग्रवाल डिन नियुक्त भइसक्नुभएको छ । सम्झौतामा ‘प्राज्ञिक विशिष्ठता र योग्यताका आधारमा विश्वविद्यालय तथा प्रतिष्ठानको सिनेटबाट पदाधिकारी नियुक्त गर्न मौजुदा कानुनमा आवश्यक परिमार्जन गरिने’ उल्लेख छ ।

यसका लागि तीन महिनाभित्र मस्यौदा तयार गरी कुलपति समक्ष पेस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिने बताईएको छ । यस्तै र अब चिकित्सा एन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रम ल्याउन पाउने छैनन् । त्रिवि उपकुलपतिको बर्खास्तको मागबारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

यसैगरी एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख ४५ हजार हुने लगायतका सहमति भएका छन् ।

तपाईको प्रतिक्रिया