Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले संविधान संशोधनका लागि अधिकतम सहमति जुटाउन दलहरुसँगको छलफललाई तिव्रता दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको आज पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको हेर्डक्वार्टर बैठकले नेपाली कांग्रेस, मधेसी मोर्चा र सत्ता गठबन्धनका अन्य दलसँग थप छलफल गरी संविधान संशोधनमा सहमति जुटाएर पारित गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्दै निर्वाचनमा जुट्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका विषयमा अहिलेसम्म अन्य दलसँग भएको छलफलका बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकले पार्टीको आगामी कार्ययोजना, रिक्त पोलिट्ब्युरो र सचिवालयलाई छिटै पूर्णता दिने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया