Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – नेकपा मालेका महासचिव सचिव मैनालीले संसदमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बौलाहा कुकुरले टोकेका कारण संविधान संशोधन प्रस्ताव ल्याएको भनेपछि संसदमा होहल्ला भएको छ ।

‘तराईंलाई अलग गर्ने गरी संशोधन प्रस्ताव आएको छ’ संसद बैठकको सुरुमा नै बोलेका मैनालीले भन्नुभयो ‘कतै प्रधानमन्त्रीलाई बौलाहा कुकुरले त टोकेन ?’

मैनालीले यत्ति भन्ने वित्तिकै सत्तारुढ दलका सांसदले नियमापत्ति जनाएका थिए । तर मैनालीले भने जो सुकैलाई बौलाहा कुकुरले टोक्न सक्ने भएकाले नियमापत्ति गर्नु नपर्ने जवाफ फर्काउनुभएको थियो ।

सत्तारुढ दलका सांसदले मैनालीको भनाईको विरोध गरेपछि सभामुख ओनसरी घर्तीले मैनालीले बोलेको शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो ।
मैनालीले संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने भनेपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया