काठमाडौं – संविधान संशोधनको बिरोधमा प्रमुख प्रतिपक्ष एमाले लगायतका दलहरुले शुक्रबारको संसद बैठक पनि चल्न दिएनन् ।
बैठक सुरु भएलगत्तै नेकपा मालेका महासचिव सिपी मैनालीले संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग गर्नुभयो । उहाँले बोले लगत्तै एमाले सहित दलका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए ।
त्यसपछि सभामुख ओनसरी घर्तीले बैठक आइतबारसम्मको लागि स्थगित गर्नुभएको छ ।