Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी पुनरावलोकन मुद्दाको सुनुवाई सरेको छ ।

बिहीबार न्यायाधीश जगदिश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराइको पूर्ण इजलासमा पेश तोकिए पनि लोकमानका वकिल बालकृष्ण न्यौपानेले इजलासमा निवेदन दिएपछि सुनुवाइ सरेको हो । कार्कीका वकिल न्यौपानेले आफू अस्वथ्य भएकाले सुनुवाई सार्न निवेदन दिनुभएको थियो ।

तत्कालिन मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले २०७० साल वैैशाख २५ गते कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेको थियो । त्यस लगत्तै अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार प्रमुख बन्न योग्यता नपुगने भन्दै कार्की्विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ओमप्रिकाश मिश्र र गोपाल पराजुलीको संयुक्त इजलासले योग्यता पुग्ने ठहर गर्दै दायर रिट २०७१ असोज ८ गते खारेज गरेको थियो । त्यही मुद्दामाथि पुनरावलोकन गर्दै गएको भदौ ३१ गते प्रधानन्यायाधीश सुशीला कार्कीसहितको विशेष इजलाशले निर्णय त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया