Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले अनशनमा बसेका डा. गोविन्द केसीको माग जति सक्दो छिटो सम्बोधन गर्न निर्देशन दिनु भएको छ । केसीको माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण बनाउन प्रधानमन्त्री दाहालले शिक्षा र स्वास्थ्य मन्त्रीलाई निर्देशन दिनु भएको हो ।

बिहीबार बिहान शिक्षा मन्त्री धनिराम पौडेल र स्वास्थ्य मन्त्री गगन थापासँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अनशन तोड्ने वातावरण बनाउन निर्देशन दिनु भएको हो ।

यसैबिच चिकित्सा शिक्षा सुधारको लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले बिहीबार नै आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदै छ । कार्यदलले दिएको प्रतिवेदन बिहीबारदेखि कार्यान्वयनमा लैजाने शिक्षा मन्त्री पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया