Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले मानक नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा देखापरेको अराजकता, विवाद र अन्योलप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । image-7

बुधबार एक प्रेस विज्ञप्ति मार्फत समाजले नेपाली भाषालाई अतुलनीय क्षति पुर्‍याउदै मानक वर्णविन्यासहरुमा गरिएको परिवर्तन आफूहरुलाई स्वीकार नहुने भन्दै आपत्ति समेत प्रकट गरेको छ । यस्तै समाजले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार तथा नेपाली भाषा साहित्यको सर्वोच्च संस्था त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रिय विभागका प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा ‘मानक नेपाली भाषा अभियान २०७३’ तथा ‘मानक नेपाली भाषा अभियान सञ्जाल’ गठन गरी नेपाली भाषाको लेख्य मानक प्रयोगकर्तालाई भ्रमित तुल्याउने दुष्प्रयास भईरहेको प्रति आपत्ति जनाउँदै नेपाली बृहत शब्दकोष २०७२ को खारेज र विगत केहि बर्षदेखि नेपाली पाठ्यभाषामा सञ्चालित अनिवार्य नेपाली शिक्षण निर्देशिकाको खारेज गरी हामी सबैको मानक नेपाली भाषालाई पुर्‍याउनुभएको अतुलनीय योगदानको लागि लुइटेलप्रती आभारसहित ऐक्यबद्धता पनि प्रकट गरेको छ ।

समाजले बृहत बृहतशब्दकोष २०७२ खारेज भइसकेपछि पनि केहि ब्यक्तिले नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेर नेपाली भाषाका विपक्षमा भइरहेका आपत्तिजनक कुरा तथा केहि ब्यक्तिहरुले जागिरमा प्रवेश गर्ने विद्यार्थीहरुलाई मानक नेपाली भाषाका पक्षमा लागेमा फेल गरिदिने भनी धम्काउने कार्य गरिरहेकाले त्यस्ता कार्य नगर्न चेतावनी समेत दिएको छ । 15310186_1515812025102577_75347153_n

तपाईको प्रतिक्रिया