Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौँ – कानुनमन्त्री अजयशङ्कर नायकले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति आशंका नगर्न सबैमा आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – मुलुकमा विद्यमान अन्योल र अस्थिरताको अन्त्य गरी चुनावको वातावरण बनाउनका लागि सरकारले ल्याएको संशोधनको प्रस्तावमा सबैले सहयोग गर्नुपर्दछ ।

nayak

मन्त्री नायकले देशको आन्तरिक एकतालाई बलियो बनाउन सबै जाति समुदायका भावनालाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै संविधान संशोधनमा सकारात्मक दृष्टिकोण राखेर सहयोग गर्न प्रमुख प्रतिपक्षी दल एमालेसंग आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफल नगरीकन ल्याइएको सो प्रस्ताव राष्ट्रघाती रहेकाले एमालेले त्यसलाई सफल हुन नदिने बताउँदै “संविधान संशोधनको प्रक्रियामा एमालेलाई एक्लो पार्न खोजेर कसरी सर्वस्वीकार्यताका हुन्छ भन्नुभयो ।”

जनमत र संविधानको भावना विपरीत सङ्घीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले यसले राष्ट्रिय स्वाधिनतामा आँच आउने उहाँले भन्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सदियैदेखि मिलेर बसेका पहाड र तराईका नागरिकलाई कसैले पनि चाहेर फुटाउन नसक्ने बताउँदै त्यसबारे सम्बन्धित क्षेत्रका जनताले नै निर्णय लिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

राप्रपाका नेता दिलानाथ गिरीले प्रदेशसभा गठन र उसको सहमतिबिना त्यसमातहतका सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसद्लाई नभएको धारणा व्यक्त गर्नुभयो ।
संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संविधान संशोधन प्रस्तावले मधेसी मोर्चाका केही माग पूरा गर्ने भएकाले त्यसको स्वागत गर्दै मोर्चाका नेताहरुले छलफल गरी आधिकारिक धारणा बनाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया