Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – डेढ किलो अवैध लागूऔषध कोकिनसहित दुई मलेसियाली नागरिकलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । करीव तीन करोड नेपाली रुपैयाँ बराबरको कोकिन ब्राजिलको साओपाओलोबाट आबुधावी–काठमाडौं हुँदै हङकङ लगिँदै थियो ।

हिजो त्रिभुवन बिमानस्थलबाट नेपाल भित्रिएको कोकिन प्रहरीले ठमेलको होटलबाट नियन्त्रणमा लिएको हो । कोकिन तस्करीमा संग्लग्न मलेसियाली नागरिकहरु एलिस जोसेफ र माहाजेन फिरान राजा पक्राउ परेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले जानकारी दिनुभयो ।

गत नोभेम्बर १७ मा एलिस आबुधावी हुँदै ब्राजिलको साओपाओलो पुगेकी थिइन् । त्यहाँबाट कोकिन लिएर नोभेम्बर २७ (मंसिर १२) मा आबुधावी र हिजो मंगलबार काठमाडौं एयरपोर्ट उत्रिएकी थिइन् ।

बिमानस्थलमै शंका लागेपछि नेपाल पुलिसको लागूऔषध नियन्त्रण ब्यूरोले पिच्छा गर्दै जाँदा ठमेलको होटलमा आफुले ल्याएको कोकिन अर्का मलेसियाली महाजेनलाई सुम्पदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

महाजेन १२ गते नै सामान किन्ने बहानामा ठमेल आएर बसेका थिए । प्रहरीका अनुसार बरामद कोकिन आगामी डिसेम्बर ३ मा हङकङ र्पुयाइँदै थियो ।

तपाईको प्रतिक्रिया