Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

पाल्पा – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितविपरीत रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले बुधबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले ५ नम्बर प्रदेशलाई कहिँ–कतैबाट टुक्र्याउनुपर्छ भन्ने जनमत नआएको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्ताव नै राष्ट्रघाती भएको बताउनुभयो ।

उहाँले पार्टीको कार्यसम्पादन बैठकले यस विषयमा ठोस निर्यण लिने भन्दै सत्ताका लागि पार्टीले जनताको हितविपरीत काम गर्न नसक्ने स्पस्ट पार्नुभयो । सिमाना हेरफेर कसका लागि किन गर्न लागिएको भन्ने विषयमा सरकारले जनतालाई प्रस्ट पार्न नसकेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया