Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै देशका बिभिन्न ठाउँहरुमा चर्को विरोध प्रदर्शन शुरु भएको छ । 30112016122926andolan-1-1000x0

संविधान संशोधनमा ५ नम्बर प्रदेश टुक्राउने गरी हिजो संसदमा दर्ता भएको प्रस्तावका विरुद्ध बिहानै देखि बुटवल आसपासको क्षेत्रमा ब्यापक प्रदर्शन शुरु भएका हो । बुटवलमा बिहानैदेखि यातायात बन्द भएको छ भने विद्यार्थी संगठनहरू पाँच नम्बर प्रदेशलाई अखण्ड राख्नु पर्ने भन्दै सडकमा ओर्लिएका छन् । यता प्रदेशका अन्य जिल्ला पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा प्रदर्शन र बन्द जारी छ ।

पाल्पामा नेकपा माओवादी केन्द्र बाहेकका राजनीतिक दल र बिभिन्न संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । जसअनुसार आज १ बजेदेखि तानसेन बजार बन्द र विरोध प्रदर्शन, मंसिर १६ गते बृहत भेला, मंसिर १७ गते प्रदेश स्तरीय भेला, मंसिर १८ गते पाल्पा बन्द गर्ने जनाइएको छ ।

सरकारले मंगलबार साँझ यसअघि पाँच नम्बरमा रहेका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो । cyfyfhpwqaa8lfo

तपाईको प्रतिक्रिया