Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – संविधान संशोधनको माग गर्दै आएको संघीय समाजवादी फोरम नेपालले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावको विरोध जनाएको छ । upendra-yadav

मंगलबार राति सरकारले दर्ता गराएको प्रस्ताव मधेशमा भएको आन्दोलनको माग बमोजिम नभएको जनाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै दर्ता गरिएको संविधान संशोधनको प्रस्तावले मधेश र मधेशी जनताको माग सम्बोधन नगरेको बताउनुभएको छ ।

आफूहरुको माग सम्बोधन गर्न सरकार अझै तयार नभएको यादवको भनाइ छ । ‘यसले मुलुकलाई शान्ति, स्थिरता, राष्ट्रियता, राष्ट्रिय एकता, विकासको सट्टा थप द्वन्द, अन्योल र अस्थिरतातर्फ लैजाने कार्य मात्र गर्नेछ । यो विधेयक आन्दोलनरत पक्षहरूको असहमति हुँदाहुँदै जबरजस्ती ल्याईएकोले यथास्थितिमा यसलाई समर्थन गर्न सकिँदैन । सबै प्रकारका जातीय विभेद् र नश्लावादी राज्यसत्ताका विरोधमा हाम्रो संघर्ष एवं आन्दोलन जारी रहनेछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावका विषयमा धारणा तय गर्न अपरान्ह मधेशी मोर्चासहित संघीय गठबन्धनको बैठक बस्दैछ । बैठक बस्नुअघि नै मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालले विज्ञप्ति मार्फत विरोध गरेको हो । upnendra-yadav

 

तपाईको प्रतिक्रिया