Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

सिमरा – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताउनुभयो ।

वरिष्ठ नेता खनालले संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने भन्नुभयो ।

संविधान संशोधनमा सत्तारुढ दलले पुर्नविचार गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प छैन् ।

तपाईको प्रतिक्रिया