Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीको संयोजकत्वमा अन्तर्राष्ट्रिय आप्रवास दिवस तयारी मूल समारोह समिति गठन गरिएको छ ।
वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाको सहभागितामा मन्त्रालयले मङ्सिर २७ देखि पुस ३ गतेसम्म साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने निर्णय गरेको हो । समितिको आजको बैठकले वैदेशिक रोजगार व्यवसायी सङ्घको नेतृत्वमा कार्यक्रम उपसमिति र सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालको नेतृत्वमा प्रचारप्रसार, र्याली तथा समारोह व्यवस्थापन उपसमिति गठन गरेको छ । सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यो वर्ष पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवास दिवस परेको छ ।
विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम मानवअधिकार र विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस मनाइने गरेको छ ।

तपाईको प्रतिक्रिया