Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

alan-ruschel

काठमाडौं – कोलम्बियामा भएको विमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जनाको जिवितै उद्धार गरिएको छ ।
जीवितै उद्धार गरिएका मध्ये तीन फुटबलर रहेको बताइएको छ । ब्राजिलियन फुटबल टिम चाफाकोएन्सका खेलाडीहरुसहित ८१ जना सवार विमान दुर्घटनामा परेको थियो । जीवितै उद्धार गरिएका तीन फुटबलरमा फुटबल टोलीका गोलरक्षक द्वय डानिलो र ज्याक्सन फोलमान तथा डिफेण्डर एलन रुसेल रहेको बताइएको छ । पत्रकार रफायल हेन्जल र विमान चालक दलका सदस्य जिमिना स्वरेजको पनि जीवितै उद्धार गरिएको समाचार एजेन्सिहरुले जनाएको छ ।

तपाईको प्रतिक्रिया