Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

cricket-team-female-2

काठमाडौं – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले नेपालसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ४१ रनमै समेटिन पुग्यो । बंगलादेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो ।
नेपाली ओपनर सीता रानामगरले बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अङ्क जोड्न सकेनन् । सीताले १५ रन जोडिन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशकी फहिमा खातुनले सर्वाधिक चार विकेट लिइन् भने नाहिदा अक्तरले दुई विकेट लिइन् ।
बंगलादेशको जितमा सन्जिदा इस्लामले ३५, नागर सुल्तानाले ३९, साइला सर्मिनले १९ तथा कप्तान रुमाना अहमिदले १७ रन जोडे ।
बलिङतर्फ नेपालकी संगीता राईले दुई तथा कप्तान रुविना क्षेत्री र सीता मगरले समान एक÷एक विकेट लिए । नेपालले आफ्नो चौथो खेल यही मङ्सिर १६ गते बिहीबार आयोजक थाइल्यान्डसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया