Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

Congress

काठमाडौं – पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको करीब चार महिना पछि नेपाली कांग्रेसले आफ्नो पार्टीको तर्फबाट १० राज्यमन्त्रीहरुको सूची प्रधानमन्त्रीलाई बुझाएको छ ।

काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गर्नु भएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आज प्रधानमन्त्री दाहाललाई १० राज्यमन्त्रीको नामावली बुझाएको जनाइएको छ । राज्यमन्त्रीहरुको नामसँगै मन्त्रालय पनि तोकेर पठाएको श्रोतको भनाइ छ । स्रोतका अनुसार दिलिप गच्छदार श्रम राज्यमन्त्री, इन्द्र बानियाँ पर्यटन, दिलिप खड्का खानेपानी तथा सरसफाइ, कञ्चन वादे उद्योग र मिठ्ठु मल्ल वाणिज्य राज्यमन्त्रीको लागि सिफासिर गरिएको छ । त्यस्तै, दीर्घसिंह भाट भौतिक योजना राज्यमन्त्री, सिताराम मेहेता वन र तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको लागि सिफारिस गरिएको बुझिएको छ । यता, सुरेन्द्र आचार्य सिंचाइ राज्यमन्त्रीमा सिफारिस भएका छन् भने सुवर्ण ज्वारचन शहरी विकास राज्यमन्त्रीको लागि सिफारिसमा परेका छन् ।

तपाईको प्रतिक्रिया