Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

mahendra-shrasthaटोकियो – नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च (ONF) को शनिबार र आइतवार भएको २० औं राष्ट्रिय अधिवेशनले महेन्द्र श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत गठन गरेको छ ।

आगामी दुई वर्षका लागि चुनिएको कार्य समितिको पाँच जना उपाध्यक्षमा क्रमश: बाबुराम भण्डारी, सिद्धार्थ श्रेष्ठ, कुलचन्द खरेल, मोहन रायमाझी र बलराम भुसाल चुनिएका छन् । यस्तै महासचिवमा सुरेश केसी, उपमहासचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा पशुपति गिरी र दुई सचिवमा क्रमश: विकास पौडेल र जीवन अर्याललाई चयन गरिएको छ।

यस्तै कार्यसमिति सदस्यहरूमा क्रमश: पर्शुराम बस्नेत, भीम न्यौपाने, देवीलाल भण्डारी, बुद्धिराज घिमिरे, प्रकाश महरा, अशोकचन्द्र अधिकारी, अच्युत लोहनी, प्रकाश ढकाल, स्वतन्त्र पौडेल, आलोक चालिसे, दीप पाठक, सागर रिजाल, राजु तिवारी र नारायण पौडेल रहेका छन्।

एमाले स्थायी समितिका सदस्य, प्रस्तावित क्षेत्र नं ४ का संयोजक तथा पूर्वमन्त्री किरण गुरुङको प्रमुख आतिथ्यता र
विशेष अतिथि बैकल्पिक सदस्य राजन राईको विशेष उपस्थितिमा सर्वसम्मत कार्यसमितिको गठन भएको हो । ***
karya-samito

तपाईको प्रतिक्रिया