Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

भक्तपुर – उर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताउनु भएको छ ।

janardan-sarma

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै उहाँले उपत्यकाभित्र देखिएको बिद्युत चुहावट र आफ्नो मन्त्रालका कर्मचारीहरुले लोडसेडिङ चुहावटमा देखाएको नियन्त्रणका साथै ब्यक्तिगत लाभ भन्दा जनहितका लागि काम गरिरहेकाले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताउनु भयो ।

उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालन दिने तयारीका साथै बिद्युत उत्पादनको सुरुवातका साथै सम्भाव्य क्षेत्रको पहिचान गरि काम गर्न सके नेपालले लोडसेडिङको अन्त्य गर्न सकिने उहाँले बताउनु भयो ।

मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन उर्जा क्षेत्रको बिकास अनिवार्य रहेको र सानो लोडसेडिङले हरेक क्षेत्रमा देखिएको परिवर्तनलाई आत्मसाथ गरि अब उर्जा क्षेत्रको बिकासमा हरेक क्षेत्र लाग्नु पर्नेमा जोड दिनुभयो ।

स्थानिय तहको निर्वाचन अब कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै यदि निर्वाचन रोकिए राजनीतिक संकट देखा पर्नुका साथै नेपाल र नेपालीले पाएको उपलब्धिहरु समेत संकटमा पर्ने उहाँको टिप्पणी छ ।

संबिधान संशोधनको गरि सर्वस्वीकार्य बनाउने अभियमानमा वर्तमान सरकार लागि परेको र यसका लागि प्रधानमन्त्रीले प्रतिपक्षसँग निरन्तर छलफलमा लागिरहको भन्दै प्रतिपक्षले समेत संबिधान संशोधनमा आफ्नो भूमिका प्रदर्शन गर्दै निकास तर्फ अग्रसर हुुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

तपाईको प्रतिक्रिया