Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

 

सोमबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा अध्यक्ष राणाले मधेसको मुद्दा सम्बोधन गर्नको लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनुभएको हो । उहाँले संशोधन प्रस्तावमा सबै दलको सहमति जुटाउनको लागि केही ढिलाई भएपनि प्रस्ताव चाँडै दर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

साक्षात्कार कार्यक्रममा राष्ट्रिय अध्यक्ष राणाले ४ वटा महत्वपूर्ण विषयमा संशोधन हुन गैरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रदेशको सिमांकन सहमतिको आधारमा संशोधन गर्ने, भाषाको विवाद समाधानको लागि अहिलेभन्दा केही फराकिलो बनाउने, माथिल्लो सदनमा जनसंख्याको आधारमा र नागरिकताको सवालमा अंगीकृतलाई संवैधानिक पदबाहेक अरुमा स्थान दिने गरी संशोधनको तयारी भैरहेको छ ।

उहाँले आफ्नो पार्टीले हिन्दूराष्ट्रको लागि जनमतसंग्रह गर्नुपर्छ भन्ने माग अघि सारिरहेको भएपनि अहिलेको संविधान संशोधनमा यो विषयमा कुनै कुरा नहुने स्पष्ट पार्नुभयो । ‘अहिले हामी संसदमा थोरै संख्यामा छौँ, पास नहुने संशोधन हामी हाल्दैनौं, हिन्दुत्वको लागि हामी जनमतसंग्रहको लागि संघर्ष गरिरहेका छौं, यसको पक्षमा व्यापक जनमत बनिरहेको छ’ उहाँले भन्नुभयो । राणाले हिन्दुराष्ट्रको पक्षमा ठूला पार्टीमा पनि व्यापक बहस भैरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष राणाले अहिले राप्रपा सरकारमा भएकोले राप्रपा नेपालसँगको एकतापछि आफ्नो पार्टीको संख्या वृद्धि भएकोले सरकारमा रहेको पार्टीको प्रतिनिधित्व केही फराकिलो हुने दाबी गर्नुभयो ।

एक अर्को प्रसंगमा उहाँले केन्द्रीय अध्यक्ष कमल थापालई उपप्रधानमन्त्री दिने विषयमा आफूलाई कुनै जानकारी नभएको / प्रधानमन्त्री दाहालसँग के कुरा भयो भन्ने पनि थाहा नभएको बताउनुभयो ।

राणाले राप्रपा र राप्रपा नेपालबिचको एकतासँगै राप्रपा अब मुलुकको सशक्त शक्ति हुने समेत दाबी गर्नुभयो । उहाँले आउने चुनावसम्म राप्रपाले आफ्नो वर्चस्व कायम गर्ने जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया