Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

Nepal-earthquake-Map_bhukampa_443042463_919202978_398677513

काठमाडौं – लामो समय पछि नेपालमा भूकम्पको महशुस गरिएको छ । ५ म्याग्निच्यूट माथिको भूकम्पको धक्का महशुस नौ महिनादेखि नगरेका नेपालीहरुले आज विहान झिसमिसेमै ५ दशमलव ६ म्याग्निच्यूटको भूकम्पको धक्का महशुस गरे ।

रामेछाप र खोलुखुम्बुको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको भूकम्प मापन केन्द्रले समुद्रपारिलाई जानकारी गरायो । भूकम्प बिहान ५ बजेर २० मिनेटको समयमा भएको थियो ।
रामेछापको चौरीखर्क आसपासको क्षेत्रमा भूकम्प भएको हो । त्यसको धक्का काठमाडौं उपत्यका तथा भारतका केही क्षेत्रमा समेत महसुस गरिएको थियो । भूकम्पबाट मानवीय तथा भौतिक क्षेतिको विवरण आएको छैन । आजभन्दा करीब ९ महिना अघि सिन्धुपाल्चोक केन्द्रविन्दू भएर फाल्गुन १२ गते ५ दशमलव ४ म्याग्निच्यूटको भूकम्प गएको थियो । ***

तपाईको प्रतिक्रिया