Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

रसुवा – मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ ।

ट्राफिक प्रहरी, रसुवागढीका इन्चार्ज जयराम पुडासैनीका अनुसार आजदेखि चिनियाँ पक्षले दैनिक ५० वटा ट्रक तथा कन्टेनर केरुङतर्फ पठाउन थालेपछि नेपालतर्फको ट्राफिक जाममा केही कमी आएको छ ।

चिनियाँ भूभागका चौपायाहरुमा रोग लाग्न थालेको र सवारी साधनले रोग भित्र्याएको हुन सक्ने आशङ्का गर्दै मितेरी पुलमा प्रतिसवारी साधनमा १० वटा कीटनाशक औषधिको ‘स्प्रे’ गरेर मात्र चिनियाँ पक्षले ट्रक, कन्टेनर केरुङ पठाउने गरेको छ ।

शनिबार ३२ वटा मात्र सवारी साधन केरुङतर्फ गएका थिए भने आज मात्र ५० भन्दा बढी ट्रक, कन्टेनर केरुङ गएको बताइएको छ ।

तपाईको प्रतिक्रिया