Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख तीन दलबीचको सहमति बेगर संशोधन प्रस्ताव पारित हुन नसक्ने बताउनुभएको छ । 15193452_1517696364924002_6346137677190375161_n

जापान भ्रमणमा जानुअघि आइतबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले मधेसी दलहरुलाई पनि संविधानको पालना गर्न आग्रह गर्नुभयो । सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति बिना नै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेकै बेला सत्ता साझेदार दलकै बरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेल आजदेखि डिसेम्बर पाँच तारिखसम्म जापानमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन जापान प्रस्थान गर्नुभएको हो । जापान सरकारको निमन्त्रणामा नेता पौडेलसंगै नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १० का सांसद राजन केसी पनि कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया