Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाईन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरु नयाँ दिल्लीमा बसेर गरेको आरोप लगाउनुभएको छ । bhim-rawla

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै यसको डिजाईन नेपालमा नभएर भारतमा भएको आरोप लगाउनुभएको हो । रावलले संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको बताउँदै भने,‘मरेर गाडी सकेको लाशलाई झिकेर दुर्गन्ध फैलाउने काम यो सरकारले गर्न खोजेको छ, नेकपा एमालेले यस्तो कदापि हुन दिँदैन् ।’

उहाँले संविधान संशोधनको प्रस्ताव वर्तमान सरकारले आफ्नो विवेकले भन्दापनि विदेशीको दिमागले गर्न खोजेको आरोप लगाउनुभयो । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक अन्तरवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएको प्रती कडा आक्रोश पोख्दै भन्नुभयो,‘महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो हाँस्सयपद कुरा गर्न लाज लाग्दैन ।’

नेता रावलले उपप्रधानमन्त्री निधिले आफ्नो संयम गुमाएर बोलेको भन्दै यथाशिघ्र पदबाट राजिनामा दिएर घर जान चेतावनी पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया