Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

भीमदत्तनगर – डोटीको दिपायलबाट लाटामाण्डौँतर्फ जन्ती बोकेर गइरहेको जिप शनिबार साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

से१ज ७४७ नंको जिप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि राजपुरस्थित जुसन अस्पताल ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो ।

दुर्घटनाबारे यकिन विवरण प्राप्त भइनसकेको र प्रहरी दुर्घटनास्थलमा पुगिरहेको उहाँले बताउनुभयो । “प्रारम्भिक जानकारी अनुसार १० जना घाइते भएको खबर आएको छ,” विष्टले भन्नुभयो ।

तपाईको प्रतिक्रिया