Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । भण्डारीले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो रुजलाई शनिबार एक शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति क्यास्ट्रोको निधनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले शोक सन्तप्त परिवारजन, क्युबाली जनताको माझमा क्यास्ट्रो सधैँ रहिरहनुहुनेछ भन्ने उल्लेख गर्नुभएको छ । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रपति राहुल क्यास्ट्रोलाई एक शोक सन्देशमार्फत क्यास्ट्रो विश्वका एक लोकप्रिय र क्रान्तिकारी कम्युनिस्ट नेता एवम् समाजवादी अभियानको नेता समेत हुनुहुन्थ्यो भन्नुभएको छ ।

प्रधानमन्त्रीले क्यास्ट्रो जनताको वास्तविक प्रतिनिधिसमेत रहनुभएको उल्लेख गर्नुभएको छ । क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रोको गएराति ९० वर्षको उमेरमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया