Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

टोकियो – गल्कोट समाज जापानले बिगतका बर्षहरु जस्तै यस बर्ष पनि परोपकारी उद्देश्यका साथ अग्रेजी नयाँ बर्ष २०१७ को उपलक्ष्यमा शृंखलाबद्ध सांगीतिक कार्यक्रम गर्ने भएको छ । galkot-samaj Logo SMALL

नेपालका चर्चित कलाकारहरु गायक शिव परियारसंगै लोकप्रिय लोक गायिका देबी घर्ती, लोकगायक तथा सर्जक बसन्त थापा र हास्य कलाकार कमल गाउले जापान आउने भएका छन् । अग्रेजी नयाँ बर्ष २०१७ को उपलक्षमा गरिने सांगीतिक कार्यक्रम डिसेम्बर ३१ नागोया, जनवरी १ मा ओसाका र जनवरी २ मा टोकियोमा हुने आयोजकले जनाएको छ । बिगत २०१३ सालदेखि निरन्तर अग्रेजी नयाँ बर्षको उपलक्षमा जापानका प्रमुख शहरमा सांगीतिक कार्यक्रम गर्दै आइरहेको गल्कोट समाज जापानले सोहि कार्यक्रम मार्फत भएको आम्दानीले नेपालमा बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ । 15218638_10209416748027941_1183437036_n

गल्कोट क्षेत्रमा बिद्यालयलाई सहयोग, एम्बुलेन्स हस्तान्तरण तथा स्वास्थ्य क्षेत्रमा उपकरण तथा सामाग्री हस्तान्तरण लगाएत लाखौंको लगानीमा निःशुल्क स्वास्थ्य शिबिर सचालन गरि सकेको गल्कोट समाज जापानले यो बर्ष बिकट तथा भूकम्प प्रभावित क्षेत्रमा बिद्यालय निर्माणको महत्वाकांक्षी योजनासंगै गल्कोट क्षेत्रको पर्यटन क्षेत्रको बिकासको लागि समेत काम गर्ने योजना अघि सारेको छ ।

समाजका महासचिब सम्मर बस्नेतले अनुसार कार्यक्रममा प्रवेश शुल्क ३ हजार एन राखिएको र अग्रिम बुकिंङ  गर्ने दर्शकहरुलाई २५०० एन राखीएको छ । समाजका अनुसार सम्पूर्ण दर्शकको उपस्थिति बिद्यालय भबन निर्माणमा एक इट्टा थप्ने काम गर्ने छ ।

तपाईको प्रतिक्रिया